Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चिकित्सक संघले पहिलोपटक ‘नेशनल हेल्थ समिट’ गर्ने

चिकित्सक संघले पहिलोपटक ‘नेशनल हेल्थ समिट’ गर्ने

  • 579
    SHARES
  • चिकित्सक संघले पहिलोपटक ‘नेशनल हेल्थ समिट’ गर्ने

    काठमाडौं । नेपाल चिकित्सक संघले देशमै पहिलोपटक ‘नेशनल हेल्थ समिट’ गर्ने भएको छ । संघले ‘जर्नल अफ नेपाल मेडिकल एशोसिएसन’ प्रकाशन सुरु गरेको महिना पारेर प्रत्येक वर्ष गर्ने गरी सम्मेलन गर्न लागेको हो । 

    संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि आगामी ९ असोजमा ब्राण्ड अर्थ प्रा.ली.सँग सहकार्य गरेर उक्त कार्यक्रम गर्ने जानकारी दिएको छ । सम्मेलनका लागि ‘प्यान्डेमिक प्रिपेयर्डनेस इन नेपाल’ सन्देश राखिएको छ । 

    नेपालको स्वास्थ्य प्रणाली सुधार गर्ने, कोरोना महामारी र भविष्यमा आउन सक्ने स्वास्थ्य संकटको सामना गर्न सबल स्वास्थ्य प्रणाली बनाउन सहयोग पुर्याउने उदेश्यले कार्यक्रम गर्न लागिएको बताइएको छ । यसले महामारी नियन्त्रण र स्वास्थ्य सेवा प्रवाह चुस्त पार्न महत्वपूर्ण भूमिका खेल्ने संघले जनाएको छ । 

    सम्मेलनमा स्वास्थ्यमा सुशासन र नेतृत्व, मानव संशोधन र सेवा प्रवाह, कोभिड-१९ खोप र नेपाल सरकारको रणनीति, महामारीमा बहुपक्षीय समन्वय, अवसर, चुनौती र सिकाई, महामारीमा सेवा प्रवाह र आविष्कारमा छलफल गरिनेछ । 

    पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. लोचन कार्कीले महामारी नियन्त्रण र सेवा प्रवाहका क्रममा स्वास्थ्य प्रणाली, आम नागरिकका भोगाई र सिकाईका आधारमा भावी नीति तर्जुमा गर्न सरकारलाई सहयोग गर्ने उद्देश्य राखिएको बताए ।

    उनले सम्मेलनपछि वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकिकृत गरि नेपालको स्वास्थ्य क्षेत्रमा देखा पर्ने प्राकृतिक विपत्ति, कोभिड-१९ जस्ता महामारीहरुको उचित समाधान, व्यवस्थापन र सामना गर्ने रणनीतिमूलक नीतिगत सुझाव, विज्ञ विचार र प्रश्नका आधारमा सारांश तयार गरी सरकारका विभिन्न निकाय र मन्त्रालयमा बुझाउने योजना रहेको समेत जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij