Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

निर्धारित मूल्यभन्दा बढी रकम लिने राजमार्गका होटललाई जरिवाना

निर्धारित मूल्यभन्दा बढी रकम लिने राजमार्गका होटललाई जरिवाना

  • 660
    SHARES
  • निर्धारित मूल्यभन्दा बढी रकम लिने राजमार्गका होटललाई जरिवाना

    काठमाडौं । जिल्ला अनुगमन समितिले बजार अनुगमन गर्दा शनिबार दुई होटललाई जरिवाना गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको संयोजकत्वमा गरिएको होटल अनुगमनका क्रममा थाक्रे गाउँपालिकाका दुई होटललाई कारवाही गरिएको हो ।

    अनुगमनका क्रममा थाक्रे-८ चार किलामा रहेको न्यू गण्डकी स्टाफ होटल र थाँक्रे-१, एक्लेफाँटमा रहेको जालपा होटललाई पाँच/पाँच हजारका दरले जरिवाना गराइएको उपाध्यायले बताए । निर्धारित मूख्यभन्दा बढी रकम लिएको, कोभिड-१९ को स्वास्थ्य मापदण्ड पालना नगरेको र सरसफाइमा ध्यान नदिएको पाइएका कारण कारवाही गरिएको थियो ।

    अनुगमनमा पहिलो पटकका लागि न्यूनतम जरिवाना गरिएको र दोहोरिए कारवाही थप हुने अनुगमन समितिले जनाएको छ । कोरोना महामारीपछि जारी गरिएको निषेधाज्ञापछि अनुगमन थालिएको थियो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij