Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

विश्वकप छनोटमा ब्राजिलको लगातार सातौं जित 

विश्वकप छनोटमा ब्राजिलको लगातार सातौं जित 

  • भाद्र १८, २०७८ शुक्रवार १०:०२ बजे
  • 555
    SHARES
  • विश्वकप छनोटमा ब्राजिलको लगातार सातौं जित 

    काठमाडौं–  ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार सातौ जित दर्ता गर्दा चिलीलाई पराजित गरेको छ । सब्सिच्युट मिडफिल्डर एभर्टन रिवेइरोको गोलमा ब्राजिलले चिलीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो ।


    उनले दोस्रो हाफमा गोल गरेका थिए । चिलीमा शुक्रबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको  ब्राजिलले ६४औं मिनेटमा सब्सिच्युट मिडफिल्डर एभर्टन रिवेइरोको गोलबाट अग्रता लियो । नेयमारको प्रहारलाई चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले बचाएपनि रिवाउन्डमा एभर्टन रिवेइरोले गोल गर्न सफल भएका थिए । उनी ४६औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका थिए ।

    प्रिमियर लिग खेल्ने ९ खेलाडीको अनुपस्थितिमा ब्राजिलले चिलीसँग दवावमा खेल्नुपरेको थियो । अग्रता लिएपछि ब्राजिलले उक्त अग्रतालाई जोगाउँदै छनोटमा लगातार सातौ जित दर्ता गर्न सफल भयो । गोलरक्षकद्धय एलिसन बेकर र इडर्सन मोराएस, थियागो सिल्भा, फाविन्हो, इमर्सन, फ्रेड, रोबर्टो फिर्मिनो, गाब्रियल जेसस र रिचार्लीसन अन्तर्राष्ट्रिय विश्राममा अनुपस्थित छन् ।

    लगातार सातौ जित निकालेपछि ब्राजिल विश्वकपको छनोट नजिक पुगेको छ । अब ब्राजिलले २ अंक जोड्न सके कतार विश्वकपमा स्थान पक्का गर्नेछ । ब्राजिलको ७ खेलबाट २१ अंक छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १५ अंक छ । पराजित चिली ७ खेलबाट ६ अंक जोडेर सातौ स्थानमा रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij