Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बलियो कांग्रेस, समृद्ध देश बनाउने अभियान सुरु भयोः देउवा (भिडियो)

बलियो कांग्रेस, समृद्ध देश बनाउने अभियान सुरु भयोः देउवा (भिडियो)

  • 612
    SHARES
  • बलियो कांग्रेस, समृद्ध देश बनाउने अभियान सुरु भयोः देउवा (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको प्रक्रिया संवैधानिक बाध्यताका कारण महामारीकाबीचमा सुरु गर्नु परेको बताएका छन्।

    उनले महाधिवेशनको प्रक्रिया औपचारिकरुपमा प्ररम्भ भएकाले सामाजिक दुरी कायम गरी अधिवेशनमा भाग दिन आग्रह गरेका छन्। 

    कांग्रेसको वडा अधिवेशन सुरु हुने भिडियो सन्देश जारी गर्दै देउवाले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारा साकार पार्ने अभियान सुरु भएको बताएका छन्। 

    के भनेका छन् देउवाले?

    आदरणीय साथीहरू 

    नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रकृया आजदेखि औपचारिक रुपमा प्रारम्भ भएको  छ । स्वदेश र विदेशमा रहेका पार्टीका सदस्यहरु, शुभेच्छुक र शुभचिन्तक सबैमा म जय नेपाल न्यानो अभिवादन व्यक्त गर्दछु l

    संवैधानिक बाध्यता अनुसार कोरोना महामारीकै बीच हामीले शुरु गर्नु परेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरि कामय गरी सहभागि हुन नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।

    आज म निकै खुशी छु । ८ लाखभन्दा बढि नेपाली कांग्रेसका क्रियाशिल सदस्य आजदेखि १४ औ महाधिवेशको प्रक्रियामा सहभागि हुनु भएको छ र मैले ति सबै सदस्यहरु र नेतृत्वको जोश, जाँगर र साथको अनुभुती यतिबेला गरिरहेको छु ।

    लोकतन्त्रको पर्यायको रुपमा रहेको हाम्रो पार्टी नेपाली काग्रेस लोकतान्त्रिक अभ्यासमा आफुलाई सधै अग्रणी सावित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधै अगाडी छ ।

    पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य  हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउदै जन-जनमा लोकतन्त्रको रक्तसंचार गर्छ । देशभरका साथिहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार सर्वसम्मत वा स्वास्थ प्रतिस्पर्धा मार्फत अधिवेशनमा सहभागि हुन अनुरोध गर्दछु ।

    संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली काग्रेसलाई बलियो बनाउन जरुरी छ । नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘वलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु ।

    कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता  र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै कांधमा आएको छ । म तपाईहरुलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो भिडियो सन्देश मार्फत गर्न चाहान्छु । 

    हामी १४ औ महाधिवेशन मार्फत शसक्त कांग्रेस बनाउने अभियानमा होमीई सकेका छौ । पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफुलाई गांस्दै,  हरेक टोलको भावनाको नेतृत्व गर्दै,  ति सबै मुद्दा  र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्‍याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

    अन्त्यमा आजदेखि सुरु हुने वडा अधिवेशनमा सहभागि सबै आदरणीय साथीहरूलाई हार्दिक स्वागत तथा बधाई दिन चाहन्छु l

    धन्यवाद ।
    जय नेपाल ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij