Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

विश्वकप छनोट : साविक विजेता फ्रान्स बराबरीमा रोकियो

विश्वकप छनोट : साविक विजेता फ्रान्स बराबरीमा रोकियो

  • भाद्र १७, २०७८ बिहिवार ०९:३० बजे
  • 484
    SHARES
  • विश्वकप छनोट : साविक विजेता फ्रान्स बराबरीमा रोकियो

    एजेन्सी – आगामी बर्ष कतारमा हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा साविक विजेता फ्रान्स बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको फ्रान्स घरेलु मैदानमा बोस्निया एन्ड हर्ज गोभिनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

    स्टेट डि ला मिनाउ स्टार्सवर्गमा बुधबार राति भएको खेलमा बोस्नियाका इडेन जेकोले गोल गर्दा घरेलु टोलीका एन्टोइन ग्रिजमनले बराबरी गोल फर्काएका थिए ।

    प्रतिस्पर्धात्मक खेलको ३६औं मिनेटम इडेन जेकोको गोलबाट बोस्नियाले अग्रता लिएको थियो ।  त्यसको चार मिनेटपछि नै एन्टोइन ग्रिजमनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

    ५१ औं मिनेटमा फ्रान्स १० खेलाडीमा समेटिन पुग्यो । सिड कोलासिनाकमाथि फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै जुलेस कोउन्डेलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

    त्यसपछि फ्रान्सले बराबरीलाई जोगाउन सफल हुदा बोस्नियाले फ्रान्स १० खेलाडीमा समेटिएको फाइदा उठाउन सकेन । 
    यो बराबरीपछि समूह ‘डी’ मा अपराजित रहेको फ्रान्स ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानम रहेको छ । बोस्निया २ अंक जोडेर चौथो स्थानमा रहेको छ । युक्रेन ४ अंकसहित दोस्रो स्थानमा रहँदा समान २ अंक नै रहँदा फिनल्यान्ड तेस्रो तथा काजकस्तान पाँचौ स्थानमा रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij