Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चको साधारणसभा चैत १४ मा

नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चको साधारणसभा चैत १४ मा

  • फाल्गुण २९, २०७७ शनिवार १९:१७ बजे
  • 1.1K
    SHARES
  • नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चको साधारणसभा चैत १४ मा

    काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्चको केन्द्रीय अध्यक्षमा गणेशप्रसाद लकान्द्रीलाई चयन गरिएको छ । शनिबार केन्द्रीय कार्यालय मैतीदेवीमा बसेको बोर्ड समितिले लकान्द्रीलाई पुनःतेस्रोपटक चयन गरेको हो । 

    डम्बरबहादुर बराइली पनि वरिष्ठ उपाध्यक्षमा दोहोरिएका छन् । त्यसैगरी द्वितीय उपाध्यक्ष खेम तिरुवालाई चयन गरिएको छ । यसअघि उनी केन्द्रीय महासचिवको भूमिकामा थिए । 

    तृतीय उपाध्यक्षमा भरत शंकर पनि दोहोरिएका छन् । चौंथो उपाध्यक्षमा भने दिलसेर विश्वकर्मालाई चयन गरिएको छ । 

    मञ्चको महासचिवमा मोहन विश्वकर्मालाई सर्वसम्मती चयन गरिएको छ भने कोषाध्यक्षमा किशोर सेन्चुरी चयन भएका छन् । 

    सचिवलगायत अन्य बोर्ड समितिलाई आगामी चैत १४ हुने मञ्चको साधारणसभाबाट मनोनित गरिनेछ । 


       

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij