वेबटिभी खबर
अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुल विमानास्थलमा बिहीबार साँझ दुई शक्तिशाली विष्फोट भएको छ । विष्फोटमा परेर केहीको मृत्यु भएको छ ।
अफगानिस्तान छाड्न चाहनेको ठूलो भिड भएको ठाउँमा विष्फोट भएको हो । केही बेरको फरकमा भएको विष्फोटमा परी मारिनेमा अमेरिकी सैनिकसमेत भएको बताइएको छ । मारिनेमा बालबालिका पनि छन् ।
विष्फोटमा परेर मारिनेको यकिन संख्या खुलेको छैन् । कम्तीमा एक दर्जनको मृत्यु र पाँच दर्जनभन्दा बढी घाइते भएको पुष्टि भएको छ । विष्फोट आइएसआइएसले गराएको आशंका गरिएको छ ।
विष्फोट हुनु आधा घण्टाअघि अमेरिकाले विमानास्थलमा आक्रमणको खतरा रहेको भन्दै आफ्ना नागरिकलाई नजान सचेत गराएको थियो ।
यसैबीच अमेरिकी राष्ट्रपति जे बाइडेनले काबुल विमानास्थलमा भएका विष्फोटको निन्दा गर्दै हमला गर्नेलाई माफ नगरिने चेतावनी दिएका छन् ।
तालीवानीले पनि उक्त हमलालाई आतंकवादी आक्रमण भनेको छ । (एजेन्सी)
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij