वेबटिभी खबर
एजेन्सी । उच्च रक्तचाप बढ्ने प्रमुख कारणमा गरीबी र मोटोपना रहेको छ ।
उच्च रक्तचापको विषयमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र इम्पेरियम कलेज लन्डनका शोधकर्ता मिलेर गरेकाे अध्ययनमा याे तथ्य खुलेकाे हाे ।
अध्ययनका अनुसार उच्च रक्तचापका बिरामी अधिक आय भएका देशहरुमा घटिरहेका छन् भने न्यून आय भएका देशहरुमा बढिरहेका छन् । धनी देशहरुले समयसँगै उच्च रक्तचाप नियन्त्रण गर्ने तरिका पनि सिकिरहेका छन् ।
डब्लूएचओले उच्च रक्तचापका कारण मोटोपना, हृदयरोग, स्ट्रोक र मिर्गौलामा जोखिम बढ्ने जनाएको छ । धेरै व्यक्तिलाई यस विषयमा जानकारी नभएका कारण समयै उपचार गर्न पाउँदैनन् ।
लान्सेन्ट जर्नलमा यो विषयलाई समेटेर लेख प्रकाशित गरिएको छ । प्रकाशित लेखकाअनुसार विगत ३० वर्षमा उच्च रक्तचापको मामिलामा थोरै परिवर्तन आएको छ ।
डब्लूएचओकाअनुसार विश्वभर हाल १ अर्ब ५० करोड मानिस हाइपरटेन्सनबाट पीडित छन् ।
विश्वमा २०१९ मा १.७९ करोड मानिसको मृत्यु हृदयरोगबाट भएको थियो । हाइपरटेन्सन भएका मानिसलाई आफूलाई यो रोग लागेको थाहा नै नहुने भएकाले पनि यो रोगबाट मृत्यु हुने मानिसको संख्यामा वृद्धि भएको डब्लूएचओको ठहर छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij