वेबटिभी खबर
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतका लागि चन्द्रागिरिबाट निर्वाचन आयोग हिँडेका छन् ।
अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्यहरु दल दर्ताको सनाखतका लागि निर्वाचन आयोग जान लागेका हुन् ।
निर्वाचन आयोगले बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेको छ ।
दल दर्ताका लागि आवेदन दिएको समयमा हस्ताक्षर गरेका नेताहरुको मात्र सनाखत हुने आयोगले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij