Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

काबुल विमानस्थल अझै अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

काबुल विमानस्थल अझै अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

  • 554
    SHARES
  • काबुल विमानस्थल अझै अस्तव्यस्त, देश छोड्न हजारौँ नागरिकको भीड

    अफगानिस्तान । तालिवानले देश कब्जा गरेपछि काबुल विमानस्थल देश छाड्न चाहनेको अव्यवस्थित भीड र भागदौडका कारण अझै पनि अस्तव्यस्त रहेको छ । यो विमानास्थलमा आइतबार कम्तीमा सात जना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो । यहाँ अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ ।      

    अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ । गएको हप्तादेखि काबुलको अन्तरराष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबीच चलिरहेको छ ।

    गत अगस्त १५ मा तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र अफगानिस्तानको सहयोगी राष्ट्रले करिब एक हप्तादेखि सञ्चालनमा ल्याएको उद्धार उडानमा जान प्रयास गरिरहेका मानिसको ठूलो संख्याको सामना गर्न संघर्ष गरिरहेका छन् ।    

    काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तैै चुनौतीपूर्ण रहेको भए पनि मानिसले सुरक्षित व्यवस्थापनको माग गरिरहेका छन् । यहाँको प्रशासनले सक्दो प्रयास गरिरहेको बताए पनि एकै पटक धेरै मानिसले देश छोड्न खोज्दा सम्भव नहुने भएकाले यहाँ अव्यवस्था देखिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij