Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

यस्ताे छ नेकपा एकीकृत समाजवादीको विधान : १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी

यस्ताे छ नेकपा एकीकृत समाजवादीको विधान : १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी

  • 1.3K
    SHARES
  • यस्ताे छ नेकपा एकीकृत समाजवादीको विधान : १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी

    काठमाडौं ।  नेकपा एकीकृत समाजवादी पार्टीले १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । चन्द्रगिरीमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधानमा एकल अध्यक्ष, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, ७ सचिव गरी १७ पदाधिकारी रहने उल्लेख छ। एकीकृत समाजवादीमा पदाधिकारी सहित ११५ केन्द्रीय सदस्य र ३६ जना वैकल्पिक केन्द्रीय सदस्य हुनेछन् ।

    केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु भने राष्ट्रिय परिषद्बाट चुन्ने प्रस्तावित विधानमा उल्लेख छ । हरेक ५ वर्षमा महाधिवेशन हुनेछ, जसले राष्ट्रिय परिषद्का सदस्यहरु चुन्नेछ । राष्ट्रिय परिषद्का सदस्यहरुले केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोगका सदस्य र पदाधिकारीहरु चुन्नेछ । पार्टीको अध्यक्ष र पदाधिकारीहरु पनि राष्ट्रिय परिषद्बाट चुनिने व्यवस्था गरिएकाे छ।

    हेर्नुस् प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको विधान

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij