वेबटिभी खबर
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा आइतबार जम्मा २४ जनामात्र कोरोनाका नयाँ संक्रमित थपिएका छन् । ५३ हजार ६२४ जनाको नमुना परीक्षण गर्दा २४ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।
संक्रमणबाट आइतबार कसैको पनि मृत्यु भएन । आइतबार लगातार तेस्रो दिन कोरोनाका कारण कसैको मृत्यु नभएको दिल्लीको स्वास्थ्य विभागले जनाएको छ ।
यसैगरी यो अवधिमा ५६ जना संक्रमणमुक्त भएका छन् । दिल्लीमा संक्रमण दर ०.०४ प्रतिशत मात्र छ । राजधानीमा संक्रमणको दोस्रो लहरमा मृत्यु हुनेको संख्यामा शून्यता आएको यो १३ औं पटक हो । शनिबार १९ जनामा संक्रमण पुष्टि भएको थियो ।
भारतले कोरोनाविरुद्धको खोपमा तीव्रता दिएसँगै कोरोना संक्रमितको संख्या घटदै गइरहेको छ । दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा ९२ हजार ४२१ जनालाई भाइरसविरुद्धको खोप लगाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij