Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एमालेको कारबाही रोक्न १४ सांसदको निवेदन संसद् सचिवालयद्वारा अस्वीकार

एमालेको कारबाही रोक्न १४ सांसदको निवेदन संसद् सचिवालयद्वारा अस्वीकार

  • 473
    SHARES
  • एमालेको कारबाही रोक्न १४ सांसदको निवेदन संसद् सचिवालयद्वारा अस्वीकार

    काठमाडौं । नेकपा एमालेले पार्टीका १४ सांसदलाई कारबाही गर्दै संसद् सचिवालयमा पठाएको पत्रको कार्यान्वयन रोक्न माधव नेपाल पक्षले दिएको निवेदन अस्वीकृत गरेकाे छ । १४ सांसदमाथि कारबाही गर्न एमालेले पठाएको पत्र कार्यान्वयन नगर्न भनदै नेपाल पक्षले दिएको निवेदन दर्ता गर्न संसद सचिवालयले अस्वीकार गरेको हो ।

    मंगलबार बसेको एमाले संसदीय दलको बैठकले नेपालसहित १४ सांसद्लाई कारबाही गरेर पदमुक्तको सुचना निकाल्न संसद् सचिवालयमा पत्र पठाएको थियो । त्यसको भोलिपल्ट नेपाल पक्षले पनि सो कारबाही अवैधानिक भएको भन्दै त्यसलाई रोक्न संसद् सचिवालयामा निवेदन दिएको थियो । 

    शुक्रबार संसद् सचिवालयले नेपाल पक्षको निवेदन दर्ता गर्न अस्वीकार गरेको हो । एमाले दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले  माधव नेपाल, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, लक्ष्मीकुमारी चौधरी, कल्याणी खड्का, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरला यादव, विरोध खतिवडा, कलिला खातुन, कृष्णलाल महर्जन, मेटमणि चौधरी र भवानी खापुङलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा पेश गरेका थिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij