Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दुई दिनयता भारतमा फेरि बढ्यो काेराेना संक्रमण 

दुई दिनयता भारतमा फेरि बढ्यो काेराेना संक्रमण 

  • 624
    SHARES
  • दुई दिनयता भारतमा फेरि बढ्यो काेराेना संक्रमण 

    नयाँ दिल्ली । दुई दिनयता भारतमा कोरोना सक्रमित फेरि बढ्न थालेका छन् । 

    गत २४ घण्टामा कोरोना भाइरस संक्रमित भएको नयाँ बिरामी ३६ हजार ४०१ जना थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सोमबार भारतमा दैनिक थपिने नयाँ संक्रमित २५ हजार मात्र थियो । तर मंगलबार र बुधाबार यो संख्यामा १० हजारका दरले बृद्धि भएको छ । 

    तर सुखद पक्ष संक्रमित हुनेको तुलनामा निको हुने दर भने बढी छ । यो अवधिमा ३९ हजार १५७ जना संक्रमित निको भएका छन् । जसले गर्दा सक्रिय संक्रमितको संख्या भने लगातार घटेको छ ।

    हाल भारतमा तीन लाख ६४ हजार १२९ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितको यो संख्या १४९ दिन यताकै सबैभन्दा कम हो । अहिले भारतमा संक्रमणमुक्त हुने दर ९७.५३ प्रतिशत पुगेको छ । 

    हालसम्म भारतमा ५६ करोड ६४ लाखलाई खोप लगाइसकिएको छ । खोप अभियान तीब्र बनाएसँगै कोरोनाको दोस्रो लहरबाट सर्वाधिक प्रभावित भारतमा अहिले संक्रमित कम हुँदै गएका छन् ।  

    भारतमा थपिए  ३५ हजार १७८ जना कोरोना संक्रमित भारतमा थपिए ३५ हजार १७८ जना कोरोना संक्रमित

    भारतमा दैनिक थपिने संक्रमित पाँच महिना यताकै कम  भारतमा दैनिक थपिने संक्रमित पाँच महिना यताकै कम 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij