वेबटिभी खबर
चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका-८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ ।
सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो ।
आगलागीबाट टहरासहित केही हतियार समेत जलेर पूर्णनष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij