Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

विपी प्रतिष्ठानमा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात नियन्त्रणमा 

विपी प्रतिष्ठानमा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात नियन्त्रणमा 

  • 562
    SHARES
  • विपी प्रतिष्ठानमा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात नियन्त्रणमा 

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार छापा मारेको छ । केन्द्रीय कार्यालय टंगाल र इटहरीस्थित प्रदेश कार्यालयको संयुक्त टोलीले प्रतिष्ठानमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

    केही समयदेखि आर्थिक अनियमितता भएको र यसको छानविन हुनुपर्ने उजुरी परेपछि प्रतिष्ठानमा छापा मारेर खरिदसम्बन्धी कागजातहरु नियन्त्रणमा लिएको अख्तियार स्रोतको भनाइ छ । प्रतिष्ठानमा पदाधिकारीहरुकै मिलेमतोमा आर्थिक अनियमितता भइरहेको आरोप लगाउँदै चिकित्सक तथा विद्यार्थीहरुले छानबिनको माग गर्दै आएका छन् ।

    यही विषयमा लामो समयदेखि काठमाडौंलगायत स्थानमा आन्दोलन जारी छ । सिटी स्क्यान, एमआरआई मेसिन साथै ल्याबमा प्रयोग हुने औजारलगायत स्वास्थ्य उपकरण खरिदमा आर्थिक अनियमितता भएको उजुरीमा दाबी गरिएको छ । विभिन्न समयमा गठित छानबिन समितिले पनि प्रतिष्ठानमा अनियमितता भएको ठहर गरेका थिए ।

    प्रतिष्ठानमा अनियमितता भएको भन्दै सरोकारवाला आन्दोलनमा उत्रेपछि विवाद समाधानका लागि सरकारले १ साउनमा आठ सदस्यीय कार्यदल बनाएको थियो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, कनुन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र प्रतिष्ठानका कर्मचारी रहेको उक्त कार्यदलले पनि अनियमितताको आशंका गरेको थियो ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij