वेबटिभी खबर
काठमाडाैं । पछिल्लाे २४ घण्टामा १६ हजार ६५३ जनाकाे नमुना परीक्षण गर्दा ३४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १०,९०७ पीसीआर गर्दा २,६१६ र ५,७४९ एन्टीजेन परीक्षण गर्दा ८६५ व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
आज १,८८५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ३० जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको ३८ हजार ३३ संख्या रहेको छ । जसमध्ये ३४ हजार ८१३ होम आइसोलेसनमा र ३,२२० संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ७९६ आईसीयूमा र १८४ जना भेन्टिलेटरमा उपचारत छन् ।
नेपालमा करिब ४ जनाको कोरोना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि हुने गरेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।
हालसम्म नेपालमा ७ लाख ९५ हजार ३९१ जना मा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । त्यसैगरि ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १ हजार १८० जनाको निधन भएको छ ।
यसैगरि विश्वभर हालसम्म २० करोड ३२ लाख ९५ हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । संक्रमणको कारणले ४३ लाख ३ हजार ५१५ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij