Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

स्टुटगार्टमाथि बार्सिलोनाको सहज जित  

स्टुटगार्टमाथि बार्सिलोनाको सहज जित  

  • श्रावण १७, २०७८ आइतवार ०९:०० बजे
  • 428
    SHARES
  • स्टुटगार्टमाथि बार्सिलोनाको सहज जित  

    एजेन्सी – बार्सिलोनाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा जर्मन भिएफवी स्टुटगार्टमाथि सहज जित हात पारेको छ ।

    शनिबार राति भएको खेलमा बार्सिलोनाले  स्टुटगार्टमाथि ३–० को सहज जित निकालेको हो। मर्सिडेस बेन्ज एरिना स्टुटगार्ट जर्मनीमा बार्सिलोनाको सहज जितमा मेम्फिस डिपाए, युसुफ डेमिर र रिकी पुचले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल निस्किएको थियो ।

    खेलको २१ औं मिनेटमा यसै सिजन फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका डच फरवार्ड मेम्फिस डिपाएले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३५औं मिनेटमा युवा मिडफिल्डर युसुफ डेमिरले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । 

    ७४औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।  बार्सिलोनाले ४ अगस्टमा अष्ट्रिय क्लब रेडबुल साल्जवर्गसँग मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि ९ अगस्टमा इटालियन क्लब युभेन्ट्ससँग जोन ग्याम्पर ट्रफी खेल्ने छ ।

  • सम्बन्धित विषय:

  • # बार्सिलोना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij