Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

हिमपात भएको ठाउँमा बाटाे खुलाउन सशस्त्र प्रहरीले हिउँ पन्साउन थाल्याे

हिमपात भएको ठाउँमा बाटाे खुलाउन सशस्त्र प्रहरीले हिउँ पन्साउन थाल्याे

  • 462
    SHARES
  • हिमपात भएको ठाउँमा बाटाे खुलाउन सशस्त्र प्रहरीले हिउँ पन्साउन थाल्याे

    काठमाडौं । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा गएराति देखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाएको छ । हिउँले यात्रुलाई समस्या हुने सम्भावना भएकाले पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरूलाई सुरक्षित यात्रा र  सावधानी अपनाउन पनि अनुरोध गरेको छ । 

    सोही टोलीले यात्रुहरूको सहजताको लागि कोरोला नाका जाने बाटोमा परेको हिउँ पन्छाउने कार्य समेत गरेको छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर आवतजावतमा समस्या भएपछि हिउँ पन्छाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । त्यसैगरी थप हिमपात भएमा सो क्षेत्रमा भ्रमणमा नआउन पनि सशस्त्र प्रहरीले अनुरोध गरेको थापाले बताए ।

    त्यसैगरी मनाङ जिल्लाको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा गएराति देखि परेको हिउँ सशस्त्र प्रहरीले हटाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले यात्रुहरूलाई सावधानी अपनाउन र मौसम प्रतिकूलताबारे सचेत रहन अनुरोध गरेको छ । 
        
    यसैगरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरूको सहजिकरणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ् म्याग्दीको टोली खटिएको छ । सो टोली पदयात्रीहरूको सहजता र सुरक्षाको लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोला भन्दा माथिसम्म पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij