वेबटिभी खबर
हुम्ला । जिल्लामा कोभिड-१९ को संक्रमण तीव्ररुपमा बढ्दै गएको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका र गाउँपालिकामा क्वारेन्टिनमा बसेका गरी ३६२ संक्रमित पुगेका छन् ।
जिल्ला अस्पतालमा गत मंगलबारमात्र दुई, खार्पुनाथ गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।
हालसम्म जिल्ला अस्पतालमा ९५, सर्केगाडमा ६३, सिमीकोटमा नौ, ताजाकोटमा ३६, अदानचुलीमा ३७, खार्पुनाथमा ३६, चखेलीमा ५२ र नाम्खा गाउँपालिका १४ गरी कूल संक्रमित ३६२ पुगेको हो ।
संक्रमितमध्ये हालसम्म ३०४ जना निको भएर घर फिर्ता भइसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij