Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

दसैँअघि नै रसुवागढी नाका सञ्चालनमा ल्याउने सरकारको तयारी

दसैँअघि नै रसुवागढी नाका सञ्चालनमा ल्याउने सरकारको तयारी

  • 120
    SHARES
  • दसैँअघि नै रसुवागढी नाका सञ्चालनमा ल्याउने सरकारको तयारी

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् ।

    त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवागढी सडक योजना’को अवलोकनपछि मंगलबार नुवाकोटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् ।

    गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो । 

    ‘गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ’, मन्त्री दाहालले भने, ‘रसुवातर्फ स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij