Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने एमालेकाे निर्णय

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने एमालेकाे निर्णय

  • 100
    SHARES
  • अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने एमालेकाे निर्णय

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ ।

    एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताए । उनले अन्य पार्टीले आफ्नो विद्यार्थी संगठनमा उमेर हदबन्दी लगाएको सन्र्दभमा एमाले अनेरास्वविुमा पनि उमेर हद लागू हुने बताए ।

    यसअघि नेपाल विद्यार्थी संघले र अनेरास्ववियु (क्रान्तिकारी)ले ३२ वर्ष उमेर हद तोकेको थियो ।  एमालेले राष्ट्रिय युवा संघमा ४० वर्षे उमेर हद तोकेको छ । अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौंमा तोकिएको छ ।

  • सम्बन्धित विषय:

  • # एमाले

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij