काठमाडौं– हालै स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका मेम्फिस डिपेले डेब्यु गरेको खेलमै गोल गरेका छन्। डच फरवार्ड डिपे प्रिसिजनको मैत्रीपुर्ण खेलमा गोल गर्न सफल भएका हुन् ।
शनिबार राति भएको मैत्रीपुर्ण खेलमा जिरोनाविरुद्ध ३–१ को जित निकालेको खेलमा डिपेएले डेब्युमै एक गोल गर्न सफल भएका हुन् ।
स्टेडियो योहान क्रुएफ सान्ट जोन डेस्पीमा शनिबार राति भएको खेलमा बार्सिलोनाको जितमा जेरार्ड पिके, रे मानाज र डिपेले गोल गरेका थिए ।
जिरोनाका सामु सेइजले एक गोल फर्काए ।डिपे यसै समरमा फ्रि ट्रान्सफरमा फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij