Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आज चैती छठको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै

आज चैती छठको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै

  • 218
    SHARES
  • आज चैती छठको मुख्य दिन, साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै

    रौतहट । चैती छठ पर्वको मुख्य दिन आज (बिहीबार) साँझ व्रतालुहरुले अस्ताउँदो सूर्य र छठी मातालाइ अर्घ दिँदैछन् । चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन बिहीबार अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ । छठको मुख्य दिन आज साँझ व्रतालुहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर अस्ताउँदो सूर्य र छठी मातालाइ अर्घ दिनेछन् ।

    गत मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, भोलि (शुक्रबार) बिहान व्रतालुहरुले फेरी छठघाटमा पुगेर उदाउँदो सुर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवत रुपमा समापन हुन्छ ।

    सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि सूर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ ।

    चैती छठ पर्वका लागि रौतहटको विभिन्न नदि, पोखरी तथा जलासय सरसफाई गरिएको छ । तराई मधेसबासीको महान् चाड छठ पर्व कात्तिक र चैतमा गरि वर्षमा दुई पटक मनाउने गरिन्छ ।

  • सम्बन्धित विषय:

  • # छठ पर्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij