वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४७४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं ३३०, ललितपुरमा ५६ र भक्तपुरमा ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर १ हजार २५८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३२ जनाको संक्रमणका कारणले निधन भएको छ ।
हालसम्म नेपालमा ७ लाख १८ हजार ४९४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि ६ लाख ३३ हजार ३३२ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ५८२ जनाको संक्रमणका कारणले निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij