Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गण्डकी प्रदेशका मन्त्री गुरुङ र देवकोटाद्वारा शपथ ग्रहण

गण्डकी प्रदेशका मन्त्री गुरुङ र देवकोटाद्वारा शपथ ग्रहण

  • 162
    SHARES
  • गण्डकी प्रदेशका मन्त्री गुरुङ र देवकोटाद्वारा शपथ ग्रहण

    गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन ।

    मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन । उनले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन । साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन ।

    सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij