Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सर्पको डसाइबाट  मृत्यु

सर्पको डसाइबाट  मृत्यु

  • 1.3K
    SHARES
  • सर्पको डसाइबाट  मृत्यु

    जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

    सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले टोकेको थियो । सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

    शव परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । 

  • सम्बन्धित विषय:

  • # सर्पदंश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij