Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि बस्ने

राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि बस्ने

  • 188
    SHARES
  • राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि बस्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिको बैठक भोलिदेखि सुरू हुने भएको छ । तीन दिनसम्म चल्ने बैठक धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा बस्ने पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

    प्रवक्ता श्रेष्ठका अनुसार, आइतवार बिहान ८ बजेदेखि सुरू हुने बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशाबारे ब्रिफिङ गर्नेछन् ।

    बैठकमा सचिवालय र कोषाध्यक्षको प्रतिवदेन पनि प्रस्तुत हुनेछ । तीन दिन चल्ने बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने उनले बताए ।

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्ताव पनि छलफलका लागि केन्द्रीय समितिमा पेश हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij