Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चितवन कारागारमा १११ कैदीबन्दी बिरामी

चितवन कारागारमा १११ कैदीबन्दी बिरामी

  • 181
    SHARES
  • चितवन कारागारमा १११ कैदीबन्दी बिरामी

    चितवन । जिल्ला कारागार कार्यालय चितवनमा रहेका १११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरू विभिन्न रोगबाट पीडित छन् ।

    एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए ।

    उनले भने, ‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ ।’ कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ ।

    अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी संक्रमित चार, छारेरोगबाट पीडित  चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् ।

    जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ ।

    अहिले कारागारमा क्षमताभन्दा झण्डै दुई सय बढी कैदीबन्दी राखिएको छ । कारागारमा चार सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि  छ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी सात सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

    उनले भने, ‘उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको छ ।’ औषधि खरिद गर्न समस्या हुँदा दाताको सहयोग लिने गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # कारागार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij