वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ ।
बुधबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेता खनालको उपचार खर्च पार्टीले जिम्मा लिने घोषणा गरेका हुन् ।
नेता खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत छन् । बैठकमा उपस्थित सबै नेताले खनालको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
२ असारदेखि खनाल भारतको नयाँ दिल्लस्थित एपोलो हस्पिटलमा उपचाररत छन् । खनाल उपचारका लागि प्रस्थान गर्नुअघि एमाले महासचिव ईश्वर पोखरेलले नर्भिक हस्पिटलमा भेटेर शीघ्र स्वास्थ्यलाभसहित पार्टीका तर्फबाट शुभेच्छा प्रकट गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij