Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भाषा संरक्षणमा सरकारको सहयोग हुन्छ : मुख्यमन्त्री पाण्डे

भाषा संरक्षणमा सरकारको सहयोग हुन्छ : मुख्यमन्त्री पाण्डे

  • 267
    SHARES
  • भाषा संरक्षणमा सरकारको सहयोग हुन्छ : मुख्यमन्त्री पाण्डे

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भाषा, संस्कृति, कला र संगितको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार पोखरामा आयोजित अन्तरक्रियामा उनले गण्डकी प्रदेश सरकार आफ्नै आम्दानीको भरमा सरकार चलाउन सक्ने अवस्थामा नरहेको र संघबाट आउने अनुदानसमेत घट्दा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेट घटाउनु परेको बताए ।

    मन्त्री पाण्डेले भने, ‘बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउँदैन ।’ नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने जनाउँदै उनले मुलुकलाई संघीयतामा लगे पनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको जनाए ।

    ‘हामीले परिवर्तन त गर्‍यौँ तर केन्द्रीकृत मानसिकता अझै तोड्न सकेका छैनौँ, सोही कारण प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्छ’, मन्त्री पाण्डेले भने ।

    केन्द्र, प्रदेश र स्थानीय तहका प्रज्ञा प्रतिष्ठानले गर्ने कार्य दोहोरिन नहुनेमा उनको जोड थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij