वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी हुदै आएको छ ।
पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार सात सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
पछिल्ला तथ्यांकलाई हेर्दा दैनिक संक्रमितको संख्यामा २.९८ प्रतिशतको दरले कमी हुँदै आएको मन्त्रालयले शनिबार जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा एक हजार छ सय ४७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको देखिएको छ ।
त्यसैगरी सोही अवधिमा कुल ९७ हजार सात सय ४३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार पाँच सय ४६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ती मध्ये सात लाख ६० हजार १९ जना अहिले पनि संक्रमित अवस्थामै रहेको पाइएको छ ।
कोरोना भाइरसलाई जितेर संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ८६ लाख ७८ हजार तीन सय ९० रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij