Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

  • 271
    SHARES
  • स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा-३० स्थित संक्रामक तथा सरुवा रोग अस्पतालको आज निरीक्षण गरेका छन ।

    सो क्रममा उनले नागरिकलाई अहिलेको भन्दा विस्तारित र स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल व्यवस्थापनलाई निर्देशन दिएका छन ।

    प्रदेश सरकारद्वारा सञ्चालित उक्त अस्पतालमा आउने बिरामीलाई सहज र सहुलियतमा सुविधा दिनुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड थियो ।

    उनले अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले लगानी गर्दै जाने बताए । मुख्यमन्त्री पाण्डेले बिरामीको सहजताका लागि अस्पतालमा ‘लिफ्ट’ सुविधा राख्न सुझाव दिए ।

    उनले अस्पतालमा रहेका बिरामीको अवस्था, उपचार सेवा, जनशक्ति, उपकरणको उपलब्धता, भौगोलिक संरचना लगायतका बारेमा जानकारी लिएका थिए ।

    प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्मा, अस्पतालका चिकित्सक विकास गौचन लगायतले अस्पतालको अवस्थाका बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराएका थिए ।

    उक्त अस्पतालले छिट्टै डायलासिस सेवा पनि सुरु गर्ने तयारी गरिरहेको छ । अस्पतालको भवन पनि निर्माणाधीन अवस्थामा छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij