Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गुल्मीका बाह्र पालिकामा १६ करोड बढी बजेट कटौती

गुल्मीका बाह्र पालिकामा १६ करोड बढी बजेट कटौती

  • 229
    SHARES
  • गुल्मीका बाह्र पालिकामा १६ करोड बढी बजेट कटौती

    गुल्मी । गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौती भएको छ ।

    संघीय सरकारले वित्तीय समानीकरण अनुदानअन्तरगत बजेट कटौती गर्दा जिल्लाका पालिकाहरूमा १६ करोड १७ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द बेल्वासेले जानकारी दिए ।

    दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको गुल्मीमा सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकामा एक करोड ६३ लाख ८७ हजार पाँच सय बजेट कटौती भएको छ ।

    त्यस्तै मुसिकोट नगरपालिकामा एक करोड ५९ लाख ५० हजार बजेट कटौती गरिएको छ । गाउँपालिकामध्ये इस्मामा एक करोड २६ लाख ५० हजार, गुल्मी दरबारमा एक करोड ३३ लाख २५ हजार, कालीगण्डकीमा एक करोड १९ लाख ७५ हजार, चन्द्रकोटमा एक करोड ३२ लाख ८७ हजार पाँच सय बजेट कटौती भएको छ ।

    त्यसैगरी छत्रकोटमा एक करोड ३१ लाख २५ हजार, धुर्कोटमा एक करोड ३३ लाख ७५ हजार, मदानेमा एक करोड २९ लाख ८७ हजार, मालिकामा एक करोड २८ लाख ७५ हजार, सत्यवतीमा एक करोड ३६ लाख ६२ हजार पाँच सय र रुरुक्षेत्रमा एक करोड २१ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक बेल्वासेले बताए ।

    रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले संघीय सरकारले बजेट कटौती गर्दा कार्य सम्पादनमा समस्या परेको जनाए । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बजेट कटौतीले सम्झौता गरिएका योजना समयमै भुक्तान दिन नपाएको गुनासो गरे ।

    ‘बजेट आउँछ भनेर योजना सम्झौता भयो, योजना कार्यान्वयन पनि भए तर बजेट नआउने भयो’, प्रमुख पन्थीले भने, ‘त्यस्ता योजनाहरूको भुक्तानी आगामी आर्थिक बर्षमा दिन्छौ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij