वेबटिभी खबर
पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका १० आदर्शनगर ईलाकाबाट २५ लाख २५ हजार ६ सय रूपैयाँ बराबरको अवैध सामान बुधबार दिउँसो सशस्त्र प्रहरीले बरामद गरेको छ ।
२ वटा ठेलामा लोड गरि भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको बिल बिजक नभएको लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो ।
सामान ल्याउने ब्यक्तिहरू भने सशस्त्र प्रहरीलाई देख्नासाथ सामान छाडी फरार भएका थिए । बरामद गरिएको मध्ये विल विजक विनाको सुटिंगको कपडा ५ लाख ७० हजारको तथा अन्य लत्ताकपडा, स्मार्ट घडी र एयरबर्डस् गरी १९ लाख ५५ हजार ६ सय रूपैयाँको रहेको छ ।
बरामद सामान आवश्यक कारबाहीको लागि बुधबार नै बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij