Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बेलायतका वैज्ञानिकहरुले बनाए कोरोना संक्रमित पत्ता लगाउने कोभिड अलार्म

बेलायतका वैज्ञानिकहरुले बनाए कोरोना संक्रमित पत्ता लगाउने कोभिड अलार्म

  • 605
    SHARES
  • बेलायतका वैज्ञानिकहरुले बनाए कोरोना संक्रमित पत्ता लगाउने कोभिड अलार्म

    लन्डन । बेलायतका वैज्ञानिकहरुले १५ मिनेटमा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन सक्ने एक डिभाइस बनाएका छन् । वैज्ञानिकका अनुसार ठूला कोठामा भने कोरोना संक्रमण पत्ता लगाउन ३० मिनेट लाग्छ ।

    कोभिड अलार्म नाम दिइएको यो डिभाइस आउने दिनहरुमा हवाईजहाजको क्याबिन, केयर सेन्टर, घर, कक्षाकोठा, अफिसमा महत्त्वपूर्ण साबित हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । यो डिभाइस ‘स्मोक अलार्म‘ भन्दा थोरै ठूलो छ । 

    लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रॉपिकल मेडिसिन र डरहम युनिभर्सिटीका वैज्ञानिकको सामुहिक अनुसन्धानबाट सुरु भएको यो डिभाइसले नयाँ आशा जगाएको बताइन्छ ।

    यस डिभाइसको परीक्षण गर्दा यसले ९८ देखि १०० प्रतिशत सकारात्मक नतिजा दिएपछि पिसिआर र एन्टिजेन परीक्षणभन्दा यो सहज हुने विश्वास वैज्ञानिकले गरेका छन् । 

    यस डिभाइसले लक्षण नदेखिएका संक्रमितको पनि पहिचान गर्न सक्ने वैज्ञानिहरुले बताएका छन् । रोबोसाइन्टिफिक डिभाइसले छाला र सासद्वारा उत्पादन हुने रसायन पत्ता लगाएर संक्रमितको पहिचान गर्छ ।

    भाइरसका कारण मानिसमा अस्थिर जैविक यौगिकहरूमा परिवर्तन आउने गर्छ । यसले शरीरमा गन्ध पैदा हुन्छ र डिभाइसको सेन्सरले पत्ता लगाउँछ र डिभाइस अधिकृतलाई उक्त संक्रमित व्यक्ति बारे जानकारी पनि दिने वैज्ञानिकहरु बताउँछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij