वेबटिभी खबर
काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको एक वनमा कुकुरले मृगलाई घाइते बनाएपछि स्थानीयबासीले सो मृगको उद्धार गरेका छन् ।
गाउँपालिकाको वाड नम्बर ७ स्थित एक वनमा शनिबार दिउँसो कुकुरको टोकाइबाट शक्त घाइते भएको मृगलाई सोही वडाको स्वास्थचौकीमा स्थानीयबासीले प्राथमिक उपचार गरेका छन् ।
घाइते मृगलाई थप उपचार र हेरचाहका लागि वडा अध्यक्ष देवराज धरेलको सहयोगमा जिल्ला वन कार्यलयमा पठाइने स्थानीय ईश्वर कँडेलले जानकारी दिए ।
‘कुकुरको टोकाइबाट घाइते भएको मृगको पछाडिपट्टिको दायाँ खुटा भाँचिएको छ, हामीले वडामा सामान्य उपचार गरेका छौं, आवश्यक रेखदेखका लागि वडाध्यक्षज्यूको सहयोगमा वन कार्यालय पठाइने छ,’ कँडेलले भने ।
मृगलाई घाइते बनाउने कुकुर र घटनाका बारेमा आवश्यक जाँचबुझ हुने वडा कार्यालयले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij