Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सभामुखले गरे प्रतिनिधिसभा बैठककक्ष अवलोकन [फोटोहरू]

सभामुखले गरे प्रतिनिधिसभा बैठककक्ष अवलोकन [फोटोहरू]

  • फाल्गुण १८, २०७७ मंगलवार १४:१५ बजे
  • 1.1K
    SHARES
  • सभामुखले गरे प्रतिनिधिसभा बैठककक्ष अवलोकन [फोटोहरू]

    काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठककक्ष अवलोकन गरेका छन् । १७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफरिस गरेको थियो ।

    पुस ५ मा प्रधानमन्त्री ओलीले संसद अपदस्थ गरेपछि सर्वोच्च अदालतको उनको कदमलाई बदर गर्दै आगामी १३ दिनभित्र प्रतिनिधिसभा सुरू गर्न फैसला गरेको थियो ।

    सर्वोच्चको फैसलापछि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको प्रतिनिधि सभाको बैठककक्षको आवश्यक सरसफाइ गरी बैठकका लागि तयारी गरिएको छ ।

    ‘सभामुखज्यूले २३ गते बस्ने प्रतिनिधिसभाको बैठककक्षको अवलोकन गर्नुभएको छ,’ सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले वेवटिभी खबरलाई जानकारी दिए ।

    अब बस्ने बैठकमा नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूह र प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली बैठकको पहिलो एकै लहरमा बस्ने तालिका रहेको प्रतिनिधिसभा सचिवालयले बताएको छ । 

    156387380_474265033748150_1076948013574531292_n.jpg

    156202047_507330843777967_7389045645207969300_n.jpg

    153084149_456468449131103_3475655222219696645_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij