Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पाँच पालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

पाँच पालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

  • 364
    SHARES
  • पाँच पालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

    डडेल्धुरा । डडेल्धुराका सात स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहहरूमा स्वास्थ्य शिविर सञ्चालन भएका छन । स्थानीय पालिकाका हरेक वडाले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरेको हो ।

    नवदुर्गा गाउँपालिकाले पाँचवटै वडाका ज्येष्ठ नागरिक महिला तथा बालबालिकाको स्वास्थ्य चेकजाँच गर्ना लागि शिविरको आयोजना गरेको जनाएको छ । आँखा चेकजाँच, महिलाको तल्लो पेट दुख्ने समस्या निराकरणका लागि उपचार तथा अन्य बिरामीको पनि उपचार भएको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताए ।

    गन्यापधुरा गाउँपालिकाले पनि दीर्घरोगी, एकल महिला तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको शिविरबाट निःशुल्क उपचार सेवा दिएको पालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    अमरगढी नगरपालिका-१० ले शनिबार मात्रै आँखा शिविर सञ्चालन गरी एक हजार पाँच सय बढीले उपचार सेवा लिएका छन । आज वडा नं ६ ले सञ्चालन गरेको नाक, कान, घाँटी, दाँत र आँखा जाँचसम्बन्धी शिविरबाट हजारौँ स्थानीयवासीले सेवा लिइरहेको अध्यक्ष केवि ताम्राकारको भनाइ छ ।

    दुई दिनसम्म सञ्चालन भएको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा हजारौँ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन । ज्येष्ठ नागरिक, असक्त, असाहय तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिँन पाउँदा खुसी लागेको शिविरमा संलग्न चिकित्सिक टिमका लक्ष्मीप्रसाद भट्टले बताए ।

    एकीकृत स्वास्थ्य शिविरअन्तर्गत सामान्य स्वास्थ्य परीक्षण, आँखा, दाँत परीक्षण, भिडियो एक्सरे, पाठेघर खसेका महिलाको जाँच, रिङ्गपेसरी राख्ने, ल्याबदेखि निःशुल्क औषधी वितरण गरिएको स्थानीय तहले जनाएका छन ।

    शिविरमा निःशुल्क औषधी तथा चश्मा वितरण गरिएको थियो । उपक्षेत्रीय अस्पताल डडेल्धुरा र सायन नेपालको सहयोगमा डाक्टरले स्वास्थ्य परीक्षण गरिरहेका छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij