वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याइने बताएका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलता साथ सम्पन्न गरेको अवसरमा आज आयोजित ‘प्रत्यारोपितहरूको बृहत् भेला’ लाई सम्बोधन गर्दै उनले मुलुकका विपन्न नागरिकले अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अहिलेको अवस्थालाई मध्यनजर गरी सरकारले सेवा दिने बताएका हुन् ।
मन्त्री गिरीले अब कोही पनि नागरिक गरिबीका कारण उपचारबाट बञ्चित हुनु नपर्ने अवस्थाका लागि सरकारले प्रयास गर्ने जानकारी दिए ।
मन्त्री गिरीले केन्द्रले उच्चस्तरीय सुलभ चिकित्सा सेवा प्रदान गर्नाका साथै विपन्न र असहायलाई मिर्गौला, कलेजो र मुटु रोगीलाई प्रत्यारोपणदेखि डाइलासिससम्मको सेवा उपलब्ध गराउँदै आएकोमा प्रशंसा गरे ।
मन्त्री गिरीले मानव अंग प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले महत्वपूर्ण सेवा दिँदै आएको पनि उल्लेख गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij