Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गर्भवतीलाई गाउँमै स्वास्थ्य सेवा

गर्भवतीलाई गाउँमै स्वास्थ्य सेवा

  • 343
    SHARES
  • गर्भवतीलाई गाउँमै स्वास्थ्य सेवा

    हुम्ला । हुम्लाको दुर्गम सर्केगाड गाउँपालिकाको तीन स्वास्थ्य चौकीमा एक सय छ गर्भवती महिलाको अल्ट्रासाउन्डसहित स्वास्थ्य जाँच गरिएको छ ।

    गाउँघरका गर्भवती महिलाको सामान्य गर्भ जाँच मात्र हुँदै आएकोमा जिल्लाको मध्यभागमा रहेको उक्त गाउँपालिकाको रोडिकोट, सर्केगार्ड र रिप स्वास्थ्य चौकीमा जिल्ला अस्पतालका दक्ष जनशक्तिसहितले अल्ट्रासाउन्डसहित गर्भ जाँच गरेका अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् ।

    तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा एक सय ६ भन्दा बढी गर्भवतीको जाँच गरिएकोमा ११ जनाको पाठेघर खसेको र दुई जनाको गर्भमा रहेको शिशुको टाउको उल्टो रहेको पत्ता लागेको अनमी बोहराको भनाइ छ ।

    रोडिकोट स्वास्थ्यचौकीमा ५०, सर्केगाडमा ३० र रिपको लिप्ने स्वास्थ्यचौकीमा २६ जनाको उपचार गरिएको थियो । पाठेघर खसेको गर्भवतीको स्वास्थ्य चौकीमै उपचार गरिए पनि शिशुको टाउको उल्टो रहेको गर्भवती महिलालाई तत्काल जिल्ला अस्पताल आउन सुझाव दिइएको थियो ।

    आज खार्पुनाथ गाउँपालिकामा गर्भवती महिलाको  स्वास्थ्य जाँच गरिने भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij