Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रधानमन्त्री दाहालद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नयाँ भवन अवलोकन

प्रधानमन्त्री दाहालद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नयाँ भवन अवलोकन

  • 348
    SHARES
  • प्रधानमन्त्री दाहालद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नयाँ भवन अवलोकन

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको आज अवलोकन गरेका छन् ।

    प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौं तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरेका हुन् ।

    प्रधानमन्त्री दाहालले भवनबाट सिंहदरबास्थित अन्य भवन तथा संरचनाकोसमेत अवलोकन गरेका थिए । सो क्रममा प्रधानमन्त्रीले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आम जनताको सहज पहुँच दिलाउनुपर्ने बताए ।

    मुख्य सचिव शंकरदास वैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद् भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद् भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा परिरकल्पना गरिएका संरचनाका बारेमा विस्तृतमा जानकारी गराएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij