वेबटिभी खबर
लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४, काप्रेभीरबाट मर्स्याङ्दी नदीमा खसेर एकजना सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् ।
लमजुङको बेंसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जीपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान अनन्त महत पिसाब फेर्ने क्रममा लड्दा मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएका हुन् ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका-४, विजुलीकोट घर भएका महत सशस्त्र प्रहरीको २२ नं गण महेश्वरी भक्तपुरबाट सरुवा भएर ३२ नम्बर गुल्म हेडक्वार्टर चामे मनाङ जाँदै थिए ।
सशस्त्र प्रहरी बल लमजुङका डीएसपी मानबहादुर शाहीका अनुसार शुक्रबार बिहान १० बजेतिर उक्त घटना भएको हो ।
उनका अनुसार खोजीकार्यका लागि बेंसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij