Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकाेप्टरमार्फत उद्धार

तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकाेप्टरमार्फत उद्धार

  • 305
    SHARES
  • तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकाेप्टरमार्फत उद्धार

    काठमाडौं । सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकाेप्टरमार्फत उद्धार  गरेको छ ।

    राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो ।

    तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ ।

    २०७७/०७८ मा १०३ जना र आ.व  २०७८/७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो ।

    आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ ।

    बुधबार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij