वेबटिभी खबर
काठमाडौं । टी–२० विश्वकपको फाइनल खेल आज हुँदैछ । फाइनलमा पाकिस्तान र इंग्ल्यान्ड भिड्दैछन् ।
मेलबर्नमा हुने खेल नेपाली समय अनुसार १: ४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा भारतलाई १० विकेटले हराएर इंग्ल्यान्डले फाइनल यात्रा तय गरेको थियो भने सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान तेस्रो पटक विश्वकपको उपाधि नजिक पुगेको हो।
जारी विश्वकपअन्तर्गत सुपर १२ अन्तर्गतका ६ खेल मेलबर्न क्रिकेट मैदानमा खेलाइएका थिए, जसमध्ये तीन खेल वर्षाका कारण रद्द भए । यही मैदानमा आयरल्यान्डसँग इंग्ल्यान्ड पराजित भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij