Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बार्सिलोनाले गुमायो उपाधि कब्जा गर्ने अवसर 

बार्सिलोनाले गुमायो उपाधि कब्जा गर्ने अवसर 

  • 587
    SHARES
  • बार्सिलोनाले गुमायो उपाधि कब्जा गर्ने अवसर 

    काठमाडौं । बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि होड समाप्त भएको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना सेल्टा डी भिगोसँग २-१ ले पराजित भयो ।

    यो हारले बार्सिलोनालाई उपाधि होडबाट बाहिर निकाल्यो । घरेलु मैदानमा भएको खेलमा २८ औँ मिनेटमा लियोनल मेस्सीको गोलबाट बार्सिलोनाले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

    सेल्टाका लागि मिना लोरेन्जोले ३८ र ८९ औँ मिनेटमा गोल गरे । ८३ औँ मिनेटमा लेङ्गलेट दोरोहो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।

    पराजित बार्सिलोना ३७ खेलबाट ७६ अंकसहित तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल मड्रिडको ८१ तथा शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ८३ अंक छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij