Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

च्याम्पियन्स लिग : चेल्सी अन्तिम १६ मा

च्याम्पियन्स लिग : चेल्सी अन्तिम १६ मा

  • 402
    SHARES
  • च्याम्पियन्स लिग : चेल्सी अन्तिम १६ मा

    काठमाडौं । इंग्लिस क्लब चेल्सी मंगलबार राति आरबी साल्जबर्गमाथि २-१ को जितसहित च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

    २३औं मिनेटमा माटियो कोभासिचले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । ४८औं मिनेटमा अडामुले गरेको गोलमा साल्जबर्ग खेलमा फर्किएको थियो ।

    ६४औं मिनेटमा काई हाभार्टजले गरेको गोलमा चेल्सीले पुनः अग्रता लिएको थियो । जुन गोल चेल्सीलाई समूह चरण भन्दा माथि उठ्नका लागि पर्याप्त बन्यो ।

    पाँच खेलमा १० अंक जोडेको चेल्सी समूह इ को शीर्ष स्थानमा छ भने दोस्रो स्थानको एसी मिलानको समान खेलमा सात अंक छ । तेस्रो स्थानको साल्जबर्गको ६ र चौथो स्थानको डिनामो जागरेभको चार अंक रहेको छ ।

    समूह इ कै अर्को खेलमा मिलानले नकआउट चरण प्रवेशको सम्भावना जीवित राख्ने क्रममा जागरेभमाथि ४-० को जित निकाल्यो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij