Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बालबालिकामा कुपोषणको समस्या झन् बढ्ने

बालबालिकामा कुपोषणको समस्या झन् बढ्ने

  • 313
    SHARES
  • बालबालिकामा कुपोषणको समस्या झन् बढ्ने

    संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्न सक्ने जनाएको छ ।

    उक्त निकायले सोमालिया तथा अरू देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कुपोषणले झनै भयावह रूप पनि लिन सक्ने बताइएको छ ।

    सोमालियामा विगत निकै लामो समयदेखि कुपोषणको शिकार रहेको र आगामी वर्षदेखि यहाँको यो समस्याले थप विस्तारित रुप लिएको बताइएको छ ।

    युनिसेफले पछिल्ला वर्षहरुमा सोमालियमा कुपोषणबाट मृत्य हुने बालबालिकाको समस्या बढेकाले आगामी दिनमा यस विषयमा सोच्नुपर्नेमा जोड दिएको छ ।

    यहाँका बालबालिकामा पछिल्लो समयमा कुपोषणको समस्या देखिन थालेको र यसबाट मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको पाइएको पनि युनिसेफले जनाएको छ ।

    सो संस्थाका अनुसार गएको मे महिनादेखि आजसम्म कम्तीमा पनि ४४ हजार बालबालिका विरामी भएर अस्पताल भर्ना भएका र तीमध्ये अधिकांश नै कुपोषणको शिकार हुन पुगेका पनि बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij