वेबटिभी खबर
काठमाडौं । पछिल्लो चौंबिस घण्टामा देशभर २२७ जना कारोना संक्रमणका नयाँ बिरामी थपिएका छन् ।
कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बितेको चौंबिस घण्टामा पीसीआर विधिबाट १ हजार ५१८ र एन्टिजेन विधिबाट २ हजार ८८३ जनाको कोरोना परिक्षण गरिएको थियो ।
सोही अवधिमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या २ हजार ४७३ रहेको छ । त्यस्तै गत २४ घण्टामा १६८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij