Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मधेस प्रदेशमा सर्पदंशको बिगबिगी

मधेस प्रदेशमा सर्पदंशको बिगबिगी

  • 334
    SHARES
  • मधेस प्रदेशमा सर्पदंशको बिगबिगी

    काठमाडौं । मधेस प्रदेशका जिल्लामा गर्मी र वर्षायामा कारण सर्पदंश बढेको छ । अधिकगर्मी र वर्षाले दुलोहरू पुरिएपछि विषालु सर्पहरू बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको जानकारहरू बताउँछन् ।

    प्रादेशिक अस्पाताल जनकपुरमा औसत रूपमा दैनिक ६ जनाको दरले सर्पदंशका बिरामी उपचारको लागि आउने गरेका छन् ।

    प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा.मुकेश यादवका अनुसार सर्पदंशका बिरामी दैनिक ५ देखि ६ जनाको दरले उपचारको लागि आउने गरेका छन् । गत असार महिनामा १५० जना सर्पदंशका बिरामी उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

    तराई मधेशका जिल्लाहरूमा प्रत्येक वर्ष जेठदेखि असोजसम्म विषालु सर्पको बिगबिगी हुने गरेको र यी महिनाहरूमा सर्प दशंकका बिरामीबढी आउने गरेका डा.यादवले बताए ।

    प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश संर्पदंशका बिरामी निको भई घर फर्किने गरेको उल्लेख गर्दै डा.यादवले भने, उपचारका लागि समयमै आउने अधिकांश विरामी निको हुन्छ ।’

    तर समयमा स्वास्थ्य उपचार नगराई धामी झाक्रीकहाँ झारफुकको लागि जाने र बिरामीको अवस्थानाजुक भएपछि मात्रै आउने बिरामीलाई उपचार गर्न कठिनाई हुने उनकाे भनाइ छ ।

    गाउँघरमा अझै पनि विभिन्न अन्धविश्वासका कारण सर्पदंशका बिरामीलाई धामीझाँक्रीकाेमा लगिने गरेको घटनाहरू हुँदै आएको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij